नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दैछ । रोजगार मेला यही जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा आयोजना हुदैछ । रोजगार मेलाको जेठ १६ गते विहान १० बजे उद्घाटन गरिने कार्यक्रम छ ।
रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने छ ।
मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने छ ।
कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको हो ।
रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी यूवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत आयोजना हुने छन् ।
कामको खोजीमा रहेकाहरूले महासंघको वेभसाइट https://fncci.org मा गई कार्यक्रममा सहभागीताका लागि रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन आज सांझसम्म चल्ने छ । रोजगार मेलामा सहभागी हुने कम्पनीहरूका लागि जेठ १० गतेसम्म रजिष्ट्रेशनको समय कायम गरिएको थियो ।
रोजगार मेला जेठ १७ गतेसम्म चल्ने छ । रोजगार मेलालाई एउटा क्यालेण्डर इभेन्टकोरूपमा हरेक साल आयोजना गर्ने कार्यक्रम महासंघको छ ।
Trending Now
- US, Taiwan sign trade deal aims to strengthen economic ties
- Royal Enfield commences operation of assembly unit in Nepal
- Meteorologist of UAE Dr Abdulla Al Mandous, has been elected as the new President of the World Meteorological Organization (WMO) for a four-year term
- Russian films, series, and animation will be presented in Vietnam
- Nepal PM Pushpa Kamal Dahal ‘Prachanda’ arrives at the Mahakal Temple in Ujjain, Madhya Pradesh
- नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै
- प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन
- नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
- अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द
- आज महाकालेश्वरको दर्शन गर्दै प्रचण्ड!
Comments are closed.