काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप तीन दिन हिरासतमै रहने भएका छन्।
अनुसन्धानकै लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले फेरि अदालतसँग समय माग गरेपछि हिजो शनिबारदेखि लागू हुने गरी पाँच दिनको समय पाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।
जिल्ला अदालत काठमाडौँले आज आइतबार १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले भने ६० दिनभित्र मुद्दा दर्ता गर्न आफूहरूलाई अध्ययनका लागि पर्याप्त समय हुने गरी अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई ताकेता गरिरहेको छ। अनुसन्धान नसकिएपछि पुनः म्याद थप गरिएको प्रहरीले जनाएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन्।
अन्य १६ जना अझै फरार सूचीमा छन्। उनीहरूले ५ देखि ४५ लाख रुपैयाँसम्म असुलेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने तयारी गरेको आरोप छ।
संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि अनुसन्धान नसकिएको बताएको छ। यस प्रकरणमा केशव दुलाल, सानु भण्डारीसहितका व्यक्ति १२ चैतमा पक्राउ परेका थिए।
संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ।
यस प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले ८ सदस्यीय टोलीसमेत गठन गरेको छ।
Trending Now
- US, Taiwan sign trade deal aims to strengthen economic ties
- Royal Enfield commences operation of assembly unit in Nepal
- Meteorologist of UAE Dr Abdulla Al Mandous, has been elected as the new President of the World Meteorological Organization (WMO) for a four-year term
- Russian films, series, and animation will be presented in Vietnam
- Nepal PM Pushpa Kamal Dahal ‘Prachanda’ arrives at the Mahakal Temple in Ujjain, Madhya Pradesh
- नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै
- प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन
- नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
- अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द
- आज महाकालेश्वरको दर्शन गर्दै प्रचण्ड!
Comments are closed.