आत्मसाथ गर्दै छु
त्यहाँ कुनै कमलाे कुनाे छैन,
निस्सार भएका
अंगहरुकाे समग्र स्वरुप मात्र देख्छु !
के विध्न रित्तिएछ,
सम्वेदनाकाे डालाे,
शब्दहरुपनि सकिएछन्
वेस्वादकाे यात्रा,
कस्तो निस्पट्ट अध्याराे
देखे अदृश्य कालाे !
न रहयाे भावकाे भंगालाे
न बल्याे कतै भित्र दियालाे !
आखिरमा बुझे,
अवसानकाे शाेक हाे
चाहे त्याे शरीरकाे हाेस
या सम्बन्धकाे !
१०भाद्र, २०७९
© सविता गौतम दाहाल