अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताउनुभएको छ ।

१३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले राजस्व बढेको, आर्थिक गतिविधि चलायनमान भएको दाबी गर्नुभयाे ।

आवश्यकता हेरेर लक्ष्य निर्धारण गरे पनि विभिन्न शीर्षकमा अप्रयाप्त रहेको उहाँले बताउनुभयाे । स्रोतबिना यसअघि सरकारले विभिन्न योजना र कार्यक्रममा ल्याएकाले स्रोत व्यवस्थापन गर्न कठिन भएको अर्थमन्त्री महतले बताउनुभयो ।

आगामी दिनमा राजस्व र आन्तरिक तथा बाह्य लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री महतले रेडियोलाई रोयल्टीको जरिवाना वापतको रकम छुट दिनका लागि निर्णय भइसकेको बताउनुभयो । रेडियो सूचना शिक्षा र मनोरञ्जनको एक शताब्दी भन्ने नारासाथ विश्व रेडियो दिवस मनाइएको हो ।