अवैध लागूऔषध सहित पक्राउ

 

काठमाडौं, २८ माघ

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा २० केजी सहित राक्सिराङ गाउँपालिका-२ बस्ने ४३ वर्षीय जगत बहादुर ठोकर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, निजगढ नगरपालिका-११ तपसीबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित सोही नगरपालिका-१२ रामथली बस्ने ४९ वर्षीय गोपाल थोक्करलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, लहान नगरपालिका-३ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसि एकसय एमएलको ४० बोतल सहित सोही नगरपालिका-८ बस्ने ३० वर्षीय सुमित चन्द्र देव समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले स.१० प २६५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोड बस्ने २४ वर्षीय राजन हमाललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बाँसबारी डेरा गरी बस्ने चुरे गाउँपालिका-३ घर भएकी २३ वर्षीया निर्मला कुमारी रावतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ बेल्पानीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी सहित सोही नगरपालिका-४ गौरीगडा बस्ने बझाङ घर भएका ६२ वर्षीय गगने धामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.