अहिलेसम्म ३५ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । यो समाचार तयार पर्दासम्म ३५ स्थानको नतिजा आएको हो ।
नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । माओवादी केन्द्र १ गाउँपालिका अध्यक्ष, १ नगरपालिकाको उपप्रमुखमासहित ५ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक-एक स्थानमा जित हासिल गरेका छन् ।

कहाँ कसले जिते ?
काग्रेस विजयी (१६)
रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष -भूपमणि पुन मगर
दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष -धनसिंह कुँवर
जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष -खम्बबहादुर सिंह
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष -मोतिराम खत्री
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष -अमिन थारू
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष -मोहन थापा
रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष -शेख अब्दुल खलिक
गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष -आनन्द श्रेष्ठ
मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष -अर्जुनप्रसाद तिवारी
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष -इच्छाकुमार महर्जन
रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष -समसे आलम
बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष -धिरेन्द्र पुजारा
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष -नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष -तेतर साहु
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष -प्रकाश चन्द

माओवादी विजयी (८)
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझी
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा देवका लामिछाने
गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष -विष्णुबहादुर मगर
नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष -कृष्ण घिमिरे
उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष -नविनकुमार वान्तवा राई
धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष -सुनिल कुमार केवट
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष -नरबहादुर झाक्री
रोल्पाको पुथा उत्तरगंगा-२ को वडाध्यक्ष -जगत घर्ती (निर्विरोध)

एमाले विजयी (७)
ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष -गंगाबहादुर तामाङ
दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष -लालबहादुर शाही
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष -सकिबुल खाँ
ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष -कुमारी सावादेन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष -मोहम्मद ताहिर मुसलमान
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष -जंगबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष -सुलोचना भण्डारी

नेकपा एस विजयी (१)
रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष -बजरंगीप्रसाद यादव

जसपा विजयी (२)
सप्तरीको डाक्नेश्वरी-४ को वडाध्यक्ष -देवेन्द्रप्रसाद यादव
सप्तरीको डाक्नेश्वरी-१ को वडाध्यक्ष -धिरेन्द्रकुमार शाह

रास्वपा विजयी (१)
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष -रोजिना श्रेष्ठ

नेमकिपा विजयी (१)
कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष -खड्गराज शाही

स्वतन्त्र विजयी (१)
झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष -लक्ष्मीप्रसाद ओली