काठमाडौं, ४ वैशाख
दाङ, दंगीशरण गाउँपालिका-१ कोटस्थित कोट सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४२ वर्षीय डिल्ली डाँगीको कच्ची घरमासमेत आइतबार दिउँसो आगलागी हुँदा घर, २५ वटा माहुरीको घार र लत्ताकपडा पूर्णरुपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी दाङ, बंगलाचुली गाउँपालिका-५ रोकिनेडाँडा बस्ने भानु थापाको घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर तथा घर नजिकै रहेको गोठ पूर्णरुपमा जलेर करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
लमजुङ, बेसिशहर नगरपालिका-५ ज्यारखान बस्ने होम बहादुर गुरुङको कच्ची धन्सारमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत विभिन्न सरसामान जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।