आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बाँके, ४ जेठ

नेपालगंज उपमहानगरपालिका-५ फुलटेक्रा बस्ने अकबर अलि खानको नुर जनरल अर्डर सप्लायर्सको सटरभित्र विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा विभिन्न सामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.