Trending Now

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

मोरङ, ३ चैत

आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई २०७९ फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.