आम नागरिकमा निराशा छायो, पार्टीप्रति वितृष्णा बढ्यो : गगन थापा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम नागरिकमा निराशा छाएको बताएका छन् ।रौतहटको दुर्गा भगवती गाउँपालिका-१ गंगापिपरामा शुक्रबार आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।उनले जनतामा बढ्दै गएको निराशालाई चिर्न ग्रासरुटमा बसोबास गर्ने आम नागरिकको समस्या बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान संचालन गरेको बताए । ‘आम नागरिकमा निराशा छाएको छ, पार्टीप्रति वितृष्णा बढ्दैछ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जनताको समस्या र दुःख बुझ्न समुदायमा जाने अभियानमा लागेको छ ।’जनताका वास्तविक समस्याहरु के के छन् त्यही बुझ्न कांग्रेस समुदायमा जान मेचीदेखि महाकाली यात्रा प्रारम्भ गरेको उनको भनाई छ ।