उद्यमी अरूण चौधरी पक्राउबारे निजी क्षेत्रको आपत्ति: उद्योगी व्यवसायीहरुको मानमर्दन भयो

काठमाडौं । उद्योगी व्यवसायीहरुले उद्यमी अरुण चौधरीलाई पक्राउ गरेकाप्रति आपत्ति जनाएका छन् ।
उद्योगी चौधरीलाई पक्राउ गरिएको विरोधमा निजी क्षेत्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीहरुको मानमर्दन भएको जनाएको हो ।नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीलाई धरपकड गर्दा स्वदेशी व्यवसायी नै पलायन हुने चेतावनी दिए ।सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई सरकारले पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन आयोगन गरिएको थियो ।पत्रकार सम्मेलनमा सहभागी व्यवसायीहरूले व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौं अगाडि कुरामा पक्राउन गर्नु गलत भएको बताएका छन् । चौधरीलाई पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गरेको व्यवसायीहरूको आरोप छ ।