उपचुनाव : समानुपातिककाे बन्दसूचीमा नाम रहेका व्यक्ति उमेदवार हुन नपाउने

काठमाडौं । गत वर्ष सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक बन्दसूचीमा नाम कायम रहेका व्यक्ति वैशाख १५ गते हुने उपचुनावमा उमेदवार बन्न नपाउने भएका छन् ।

आयाेगले शुक्रबार विज्ञप्तिमार्फत साे जानकारी दिएकाे छ । उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा मात्र उम्मेदवार बन्न पाइने विज्ञप्तिमा उल्लेख छ । ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उमेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’- विज्ञप्तिमा लेखिएकाे छ ।

आयाेगले उपचुनावकाे कार्यतालिकाबारे पनि जानकारी दिएकाे छ ।