काठमाडौँ। विदेश अध्ययन गर्न जाने विद्यार्थीले पहिलेकै निर्देशिका अनुसार नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन्।
‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ तत्काल कार्यान्वय नहुने भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले नयाँ निर्देशिका कार्यान्वयन नगर्न र यसअघिकै व्यवस्था अनुसार एनओसी जारी गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीको निर्देशनसँगै अब एनओसी लिन सहज हुने व्यवसायीको विश्वास छ।
नेकपा माओवादी केन्द्र शैक्षिक परामर्श शाखा कमिटी अध्यक्ष युवराज कटुवालले प्रधानमन्त्रीको निर्देशन सकारात्मक भएको प्रतिक्रिया दिए।
व्यवसायीहरु नयाँ निर्देशिका तत्काल कार्यान्वयन नगर्न लविइङ गरिरहेका थिए। वाइसियल नेपालका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख फिलिप डिसीले यसमा पार्टी निकट व्यवसायीहरुको ठूलो भूमिका रहेको प्रतिक्रिया दिए।
यसअघि विभिन ८ संगठनले संयुक्त तथा छुट्टा छुट्टै भेटेर शिक्षा मन्त्री लगायतलाई ज्ञापनपत्र समेत बुझाएका थिए। विद्यार्थीले एनओसी सहज बनाउन माग गर्दै प्रदर्शन गरेका थिए।
गत फागुन १८ गते प्रधानमन्त्री प्रचण्डले नै निर्देशिका स्वीकृत गरेका थिए।