काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै पहलमा शान्तिप्रक्रिया टुंगाेमा पुग्ने बताउनुभएको छ ।
नेपाल पर्यटन बाेर्डमा शुक्रबार आयाेजित विश्व सामाजिक मञ्चकाे अन्तर्क्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुंगाेमा पुग्ने चरणमा रहेको बताउनुभयाे ।
अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरिएकाे भन्दै उहाँले यसलाई सबै मिलेर कार्यान्वयन गरिने बताउनुभयाे ।
एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको अध्यक्ष ओलीले बताउनुभयाे । महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बीमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयाे । समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्नु नै समाजवाद भएकाे भन्दै उहाँले समाजवादले नै मुलुकलाई अघि बढाउन सक्ने र सबै प्रकारका विभेद अन्त्य गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभलाई अघि बढाउनुपर्ने बताउनुभयाे । राष्ट्रिय हित, पारस्परिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेकाे उहाँले प्रष्ट पार्नुभयाे ।