काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज (बिहीबार) टोली प्रमुखले आ-आफ्नो राय दिनेछन् ।
जारी बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्याउनका लागि एमालेले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।
बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समूहमा विभाजन गरी छलफल गरिएको हो । सोही समूहले आज प्रतिवेदनको निचोड सुनाउने भएको हो ।