एमाले प्रमुख सचेतकमा गिरी, सचेतकमा बर्तौला

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरिलाई नियुक्त गरेको छ ।

पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गिरीलाई एमाले गएको ११ पुसमा स्वास्थ्यमन्त्री बनाएको थियो । तर, सरकारबाट पार्टी बाहिरिएसँगै उनले जम्मा ४२ दिन मात्रै स्वास्थ्य मन्त्रीका रुपमा काम गरेर बारिहनु परेको थियो । उनले ४ मंसिरमा भएको निर्वाचनमा तत्कालिन ५ दलीय गठबन्धनका साझा उम्मेदवार अर्जुप्रसाद जोशीलाई हराएका थिए । त्यस्तै,

एमालेले प्रतिनिधि सभाको सचेतकमा सांसद महेस बर्तौलालाई नियुक्त गरेको छ । बर्तौलाले ४ मंरिमा भएको निर्वाचनमा मकवानपुर–२ बाट विरोध खतिवडालाई हराउँदै विजयी भएका थिए ।

Comments are closed.