एशियाडका लागि बक्सिङ्गबाट महिला तथा पुरुष गरि १३ खेलाडी छनौट

काठमाण्डौं । फ्लाई वैट ५० किलो महिला तौल समुहअन्तर्गत आज भएको खेलमा नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले यचटुओका अस्मिता दुवाललाई स्पिलट डिसिजन ५:२को आधारमा पराजित गरिन् ।

५४ किलो तौल समुह महिलातर्फ आर्मीकी मीनु गुरुङ्गले बक्समाण्डुकी अन्जली तेलीलाई ४:१ को आधारमा पराजित गरिन् ।

महिला ५७ किलो तौल समुहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरी निशा तामाङलाई युनानिमस ५:० को आधारमा पराजित गरिन् ।

६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी बर्षा श्रेष्ठलाई पराजित गरिन् भने महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीकी निरु गुरुङ्गलाई ५:० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । महिला ७५ केजीमा एपीएफकी सरस्वतिले एपीएफकी मनिता राईलाई पराजित गरिन् ।

पुरुषततर्फ ५१ किलो तौल समुहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२ को आधारमा पराजित गरिन् ।

पुरुषततर्फ ५७ किलो तौल समुहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४ः१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे।

पुरुष ६३.५ किलो तौल समुहमा जेनेक्सका मौसम राना मगरलाई ५:० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जीत हासिल गरे । भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पुरुष ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले ४ः१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे ।

पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे ।

पुरुष ९२ किलो तौल समुहमा गण्डकीका दिपक सुनवारले ४:० को अंकको आधारमा एपीएफका रविन नेपाललाई पराजित गरे ।

९२ प्लस किलो तौल समुहमा आर्मीका आशिश दवाडी छनोट भए ।