ए डिभजिन लिग फुटबलमा आज तीन खेल

काठमाडौं : सहिद स्मारक ए डिभजिन लिग फुटबलमा आज तीन खेल हुँदैछन्। दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा थ्रीस्टार र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ।

थ्रीस्टार १५ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा छ भने एनआरटी समान खेलबाट १७ अंक जोडेर १२औँ स्थानमा छ। यस्तै सोही रंगशालामा साँझ ६ बजे जावालाखेल युथ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ।

जावलाखेल १५ खेलबाट २४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। समान खेल खेलेको हिमालयन शेर्पा २० अंकसहित आठौँ स्थानमा छ।

च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा संकटा र सातदोबाटोबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ। १५ खेलबाट १७ अंकसहित ११औँ स्थानमा र सातदोबाटो समान खेलबाट २३ अंकसहित पाँचौ स्थानमा छ।