Trending Now

ओलीले प्रचण्डलाई लक्षित गर्दै भने– सत्तामै बसेर सशस्त्र द्वन्द्वको धम्की दिने ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै सत्तामा बसेर सशस्त्र द्वन्द्वको धम्की दिएको आरोप लगाएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल र मानवअधिकार एलायन्सले आयोजना गरेको मानवअधिकार रक्षक तथा सामाजिक अभियान्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘एकातिर सत्ता रहने, अर्कोतिर द्वन्द्वको धम्की दिने,’ ओलीले भने– ‘हाम्रो खुकुरीमा खिया लागेका छैनन्, हाम्रा बन्दुकका कार्तुस ओसिएका छैनन् भन्छन् । हाम्रा पाखुरा ट्रिगर थिच्न नसक्ने भएका छैनन् भन्छन् । हामीलाई धम्क्याउँछन् । थर्काउँछन् । त्यसैले हाम्रो मानवअधिकार एलायन्स दह्रो हुनुपर्छ ।’

केही दिनअघि जनयुद्दका सहदि तथा बेपत्ता सन्तती फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री र पूर्व माओवादीहरुले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएकोले अन्तराष्ट्रिय कानुन र मानवअधिकारका प्रावधानहरुको पालना गर्नुपर्ने बताए ।

Comments are closed.