कतारको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादवको सहभागीता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन)मा सहभागी भएका छन् ।
उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीमार्फत कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
सो समारोहमा काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

Comments (0)
Add Comment