कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, सिद्दिचरण सभाकक्षमा श्रावण ०५ गते का दिन कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिमा प्रज्ञा प्रतिष्ठनका कुलपति श्रीमान् भूपाल राई को उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रीमान् भूपाल राईले प्रज्ञा प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो भएकाले साहित्यकार र लेखक माझ प्रज्ञा प्रतिष्ठान परिचित हुनुपर्ने बताएका थिए । कुलपति राईले कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह सरल र सहज रहेको बताएका थिए । उनले कविको भावना बेजोड भए जस्तै कविताको परिष्कार भने निरन्तर साधनाले मात्र सम्भव हुने बताए ।

 

कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कवि नयन को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’का कविताहरू आफ्नै शैलीमा रचिएका सरल र मौलिक छन् । कतिपय कवितामा वर्गीय विभेद, प्रेम र अध्यात्म, चेतना बुझाउने प्रकारका कविताहरु रहेका छन् । कविले यस कवितासङ्ग्रहमा रहेका हरेक कविताहरुबाट मौलिक भावहरु भल्किएको बताईन् । कार्यक्रमका अतिथि समालोचक महेश पौडेलले कवि ओझाका कवितामा दार्शनिक प्रभाव रहेको बताउँनुभयो । ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रहका सर्जक राजेन्द्र ओझा ‘नयन’ले आफूले मनोवैज्ञानिक तथा दार्शनिक विषयवस्तुमा कविता लेख्न रुचाउने बताए ।

 

विमोचन कार्यक्रम ग्लोबल कलेजका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझाको अध्यक्षतामा सम्पन्न भएको थियोे । शिक्षाविद् डा. ओझाले प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक निकायमा नयनद्धारा रचित कवितासङ्ग्र अभिलाषाका झारहरू’को विमोचन हुँदा आफूलाई ज्यादै खुसी लागेको र यसले अरु श्रष्टालाई पनि प्रेरणा मिलेको बताए । उनले अभिलाषाका झारहरू कविताले जीवनको गहिराई कविको अनुभूति द्धारा व्यक्त गरेको उल्लेख गरे । कार्यक्रममा साहित्य जगत, कला सङ्गि जगतका श्रष्टाहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गायक, सङ्गितकार राजु भट्टराईले गरेका थिए । फुसुन प्रकाशनले उक्त कवितासङ्ग्रह प्रकाशित गरेको थियोे । विशिष्ट व्यक्तित्वहरुका माझ कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।