काठमाडौं : नेपाली कांग्रेसका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनपछि बसेको आकस्मिक बसेको केन्द्रीय कार्यसमितिको बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने गरेको हो। यस्तै पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित भएका छन्। कांग्रेस अहिले समुदायमा कांग्रेस अभियान लिएर देश दौडाहामा थियो।
यस्तै बैठकले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना निर्णय गरेको छ।