काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मन्त्रीहरू आफैँले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको भन्दै पार्टीका मन्त्रीहरू आफैँले राजीनामा दिइरहनु नपर्ने निष्कर्ष निकालेको हो।
प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री छन्। आजै एमाले–माओवादी–रास्वपा लगायतको नयाँ सत्ता समीकरण बनिसकेको छ भने नयाँ मन्त्रीहरूले शपथ लिने तयारीसमेत भइरहेको छ। जनमत, जसपा र नाउपा पनि संवादमा छन्।