काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
कांग्रेसले नयाँ बानेश्वस्थित संघीय संसदको लोत्से हलमा बिहान साढे ८ बजे बस्नेगरी बैठक बाेलाएकाे हाे । बैठकमा सत्ता समीकरण फेरबदलपछिकाे अवस्था, पार्टीकाे अबकाे रणनीति, वैकल्पिक गठबन्धन र संसद्मा कसरी प्रस्तुत हुने भन्ने लगायत विषयमा छलफल हुने बताइएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितकाे नयाँ गठबन्धन बनाएपछि कांग्रेस आक्राेशित छ । नयाँ गठबन्धन विरुद्ध वैकल्पिक गठबन्धनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले निक्कै सक्रिय हुनुहुन्छ । बुधबार देउवाले जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गर्नुभएकाे थियाे ।
त्यसअघि उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्नुभएकाे थियाे । तर एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सामेल भइसकेकाे छ ।
सरकारमा सहभागी हुने निर्णय गरेकाे जसपाले आज मन्त्रीकाे टुंगाे लगाउँदैछ ।