काठमाडौं नेपालको कला र संस्कृतिको वैभवशाली ठाउँ,यसले विश्वलाई आकर्षित गरेको छ’,राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यका नेपालको कला र संस्कृतिको वैभवशाली ठाउँ भएको बताउनुभएको छ ।
बुधबार ललितपुरमा पुननिर्मित बालकुमारी मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले काठमाडौं उपत्यका ३३ कोटी देवताको बासस्थल भएको बताउनुभयो । काठमाडौंका धेरै मन्दिरलाई पुनर्निर्माण गरी ताजकी प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालको संस्कृति र प्रकृतिको कारण विश्वको ध्यान नेपाल प्रति आकर्षण भएको पौडेलले बताउनुभयो । ‘यसले विश्वलाई आकर्षित गरेको छ’, पौडेलले भन्नुभयो ।