…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

% फाल्गुन २०७८)साहित्यकार नगेन्द्रराज रेग्मीको सांगीतिक जगतका हस्तिहरुको परिचय समेटिएको  ’कालजयी आवाजहरू नामक कृति सार्वजनिक’ भएको छ । नेपाली संगीतमा एउटा महत्वपूर्ण पुस्तक प्यासिफिक पब्लिकेशनबाट बजारमा आएको उक्त पुस्तकमा नेपाली सांगीतिक जगतका महान् सर्जकहरूलाई समावेश गरिएको छ ।

उक्त पुस्तकमा २२ जना गीत संगीतका स«ष्टाको परिचय र प्रवृत्ति समेटिएको छ । रानुदेवी, कर्म योन्जन, दिलमाया खाती साथै मानबहादु मुखिया, वासु शशी, रत्नशम्शेर थापा, नगेन्द्र थापा, यादव खरेल, अमरसिंह गिरी, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, हरिभक्त कटुवाल, हेम हमाल, शरण प्रधानजस्ता गीतकार र गणेश रसिक अरुणा लामा, कुमार सुब्बा, जितेन्द्र बर्देवा, योगेश वैद्य, प्रेमध्वज प्रधान शान्ति ठटाल, बच्चु कैलासजस्ता गायक तथा संगीतकारका घटनाहरु छोटकरीमा लेखिएको छ ।

खोटाङमा जन्मिएर काठमाडौँलाई कार्यथलो बनाउँदै आएका रेग्मीको ’खोटाङ जिल्लाको साहित्यिक रुपरेखा २०५३’ तथा बयालीस  जना साहित्यकारहरूको अन्तर्वार्ता ’स्रष्टा संवाद २०५९’ प्रकाशन छन् ।