गठबन्धनमा नै बसे अब कांग्रेस सकिन्छ: डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकारले जनतालाई आशा जनगाउन नसकेको बताउनुभएको छ ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले आर्थिक मन्दी हटाउन र जनतामा विश्वास जगाउन अहिलेको सरकार असफल भएको बताउनुभयो । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको कोइरालाले बताउनुभयो ।

कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नु पर्ने पनि बताउनुभयो । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस समाप्त हुने उहाँले बताउनुभयो ।

कोइरालाले राष्ट्रिय सभा निर्वाचनको तयारीका कारण नेपाली कांग्रेसको महासमिति बैठक सार्नुपरेको बताउनुभयो । तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको भनाइ छ ।