गृहको बार्गेनिङ बढाउन रविले अफवाह फैलाए, प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौं – गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झुटो अफवाह फैलाएको आरोप लगाएका छन् ।बुधवार सामाजिक सञ्जालमा भिडियो सन्देश छोड्दै महामन्त्री थापाले सो आरोप लगाएका हुन् । उनले नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङ बढाउन सभापति रविले अफवाह फैलाएको आरोप लगाए ।नयाँ गठबन्धनसँग गृहमन्त्रीको बार्गेनिङका लागि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको अफवाह फैलाएको उनको आरोप छ ।
‘नयाँ पार्टीका कुरा हामीले कुरा सुन्यौँ । गठबन्धनभित्र बार्गेनिङ गर्नका लागि अफवाह फैलाउने काम भएको छ, कांग्रेसले प्रधानमन्त्री अफर गर्यो भनेर,’ उनले भने ।यस्तै आफूहरू सम्झौतामा इमान्दार हुँदाहुँदै राजनीतिक बेइमानी गरेर माओवादीले नै गठबन्धन छोडेर गएको महामन्त्री थापाको भनाई छ ।