गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ ।

मंगलबार नियमित स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेका गृहमन्त्री श्रेष्ठलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो ।

अहिले उहाँको अवस्था स्थिर रहेको डाक्टरले बताएका छन् । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मुटुमा समस्या देखिएपछि त्यहाँ उहाँको उपचार गरिएको थियो ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै अस्पताल पुगेर उहाँकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे छ ।