चारै वेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइँटेल रहनुभएन

काठमाडौं । साहित्यकार तिलकप्रसाद लुइँटेलको निधन भएको छ ।

संस्कृत भाषाको ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्नुभएका साहित्यकार लुइँटेलको मंगलबार बिहान निधन भएकाे हाे । मृगौला सम्बन्धी रोगबाट पीडित रहनुभएका लुइँटेलकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएकाे हाे ।
४० भन्दा बढी कृति प्रकाशनमा ल्याइसक्नुभएका लुइँटेले चार वेद लगायत अनेकौं संस्कृत ग्रन्थहरूका अनुवादक हुनुहुन्थ्याे ।

तेह्रथुममा जन्मिनुभएका लुइँटेल लीलाध्वज स्रष्टा सम्मान, राष्ट्रझंकार सम्मान लगायत सम्मानबाट सम्मानित हुनुभएकाे थियाे ।