काठमाडौं, ६ फागुन
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९ ग्रामसहित रोल्पा परिवर्तन गाउँपालिका-५ बस्ने ३१ वर्षीय चन्द्र प्रकाश बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ७४५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३४ वर्षीय मदन लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-९ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित दाङ लमही नगरपालिका-६ बस्ने ३२ वर्षीय राजेश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकादो चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ९ सय २० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३४ वर्षीया माया गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ त्रिवेणी चोक बस्ने ३५ वर्षीय कमल दौल्याललाई अवैध लागूऔषध चरेश १ किलो ६२ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-५ दौलतपुरघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ३ सय मिलिग्रामसहित सोही नगरपालिका-५ मनिकापुर बस्ने २८ वर्षीय रामचन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १५ ग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुरज चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ टिन बजारबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरीसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-४ बस्ने ४० वर्षीय लाल बहादुर विक र लम्किचुहा नगरपालिका-४ बस्ने २५ वर्षीय मिन बहादुर धामी रहेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१६ सर्रा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ झिङ्नी बस्ने २७ वर्षीय सुशन बस्नेत र २३ वर्षीय कृष्ण बहादुर बुढामगर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी षोष्ट सर्दाबाट खटिएको प्रहरीले सुशनको साथबाट ८ सय मिलिग्राम र कृष्णको साथबाट ३ सय ७० मिलिग्राम उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१२ शान्तीचौरबाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल र डाईजेपाम ५ एम्पुलसहित रूपन्देही देवदह नगरपालिका-२ ढेकाहरी बस्ने २७ वर्षीय धर्मेन्द्र यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।