जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १८ वैशाख

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका-८ छैमले घर भएका ३७ वर्षीय पूर्ण बहादुर बलामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.