Trending Now

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं, २३ वैशाख

गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने ६७ वर्षीय अभिमन्यु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ३ सय ७० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.