डा.अवनिभूषण उपाध्यायको पुस्तक ‘मुटुसँग सहयात्रा’लोकार्पण

काठमाडौं । प्रसिद्ध मुटुरोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायको पुस्तक ‘मुटुसँग सहयात्रा’ एक समारोहबीच शनिबार लोकार्पण भएको छ । मेरियट होटल नागपोखरीमा भएको कार्यक्रममा उपाध्यायको झण्डै पाँच दशकसम्मको अनुभवमा आधारित पुस्तकको लोकार्पण समारोहमा कसैलाई पनि सभापति राखिएको थिएन भने सबैलाई अथिति मानिएको थियो ।

प्रसिद्ध सञ्चारकर्मी आरति चटौतद्वारा सञ्चालित कार्यक्रको उद्घाटन प्रा.डा.मृगेन्द्रराज पाण्डे तथा प्रा.डा.सुरेशराज शर्माले पानसमा दीप प्रज्ज्वलन गरी संयुक्त रूपमा गर्नुभएको थियो । पुस्तकको लोकार्पण पनि उहाँहरू लगायतका अतिथिहरूद्वारा गरिएको थियो ।
उक्त समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.पाण्डेले मुटुरोगको उपचारका लागि आपूmले गरेको कामका बारेमा बताउँदै डा.उपाध्यायले पनि यस क्षेत्रमा महŒवपूर्ण काम गरेको धारणा राख्नुभएको थियो । उहाँले हृदयरोगको उपचारका लागि आफ्नो तर्फबाट ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

श्रीमती इदा उपाध्यायको स्वागत भाषण रहेको उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक तथा पूर्वउपकुलपति प्रा.डा.सुरेशराज शर्माले डा.उपाध्यायले मुलुकलाई माया गरेर यही बसी योगदान गरिरहनु भएको छ र यही क्रममा यो पुस्तक लेख्नुभएको हो भन्ने विचार व्यक्त गर्नुभयो । उहाँले हाम्रो शिष प्रणालीमा सुधारको अपेक्षा पनि राख्नुभएको थियो ।

पुस्तकका लेखक डा.उपाध्यायाले यो पुस्तक किन र कसरी लेखियो भन्ने बारेमा बताउनुभएको थियो । उहाँले आफूले विभिन्न अस्पतालमा रहेर काम गर्दाका अनेकौं अनुभव र उतारचढाव यस पुस्तकमा समावेश गरेको बताउनुभयो । श्रीमती इदा उपाध्याय प्रकाशक रहेको यस पुस्तकको लोकार्पण समारोहको आयोजक पनि उहाँ नै रहनुभएको थियो ।

कार्यक्रममा साहित्यकार तथा पूर्वसचिव दिनेश अधिकारीले चिकित्सा विज्ञानमा यस पुस्तकको निकै महत्वरहने विचार व्यक्त गर्नुभयो । उहाँले यसका साथै सामाजिक, आर्थिक, राजनीतिक र नेपाली मानसिकताको समेत यस पुस्तक दस्ताबेज भएको धारणा राख्नुभएको थियो ।
प्रा.डा.प्रकाशराज रेग्मीले पुस्तकको लेखनमा आपूm पनि लेखक सँगसँगै रहेको हुँदा पुस्तक जीवनोपयोगी रहेको धारणा राख्नुभएको थियो । प्रा.डा.प्रचण्ड प्रधानले आपूm कतिपय संस्थामा लेखक उपाध्यायसँग सहकार्यमा रहेका कारण पुस्तकको अन्तरवस्तु अत्यन्तै उपयोगी रहेको धारणा राख्नुभएको थियो ।

पूर्वसचिव रामचन्द्रमान सिंहले पनि आफू सरकारी सेवामा रहेका बखत डा.उपाध्यायसँग सहकार्यमा रहेको प्रसंग सुनाउनुभयो । पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तक सम्पादन गर्दाका अनुभवहरूका बारेमा बताउनुभयो । कार्यक्रमा उपस्थित वरिष्ठ व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

Comments are closed.