डिशहोम १२खरी कथा प्रतियोगिताको विजेता घोषणा र कथासंग्रह सार्वजनिक

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा र विजयीलाई पुरस्कार प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरियो ।

सो कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः रु. एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।