डीएसपी पूर्णिमा चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं । प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले डीएसपी चन्दलाई मंसिर महिनाकाे उत्कृष्ट प्रहरी घाेषित गरेकाे हाे । अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन उत्कृष्ट कार्य गरेकाेमा उहाँलाई सम्मान गरिएकाे परिसरले जनाएकाे छ ।

‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाइँले पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै २०८० साल मंसिर महिनाका पोलिस अफ द मन्थको रुपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ’-प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको हस्ताक्षरमा चन्दलाई प्रदान गरिएको प्रमाणपत्रमा लेखिएकाे छ ।