दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन

झापा: झापाको दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गरेको छ। आज (मंगलबार) प्रदर्शनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जनाभन्दा बढी घाइते भएका छन्।
घाइतेहरुको उपचार लाइफ लाइन अस्पतालमा भइरहेको र थप विवरण आउन बाँकी रहेको पहिचान पक्षधरका नेता केदार धिमालले जानकारी दिए।
कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशको नाम फेर्नुपर्न मागसहित समिति आन्दोलनरत छ।

Comments are closed.