दिपेश पुनसँग लियो सुन तस्करी जाँचबुझ आयोगले बयान

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ ।सिंहदरबारमा रहेको आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा समेत हुन् ।आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।