काठमाडौं : साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ। नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर १ हजार ८४४ दशमलव ३६ अङ्कमा पुगेको छ।
आजको कारोबारमा विभिन्न २६९ वटा कम्पनीका २८ लाख ३६ हजार १३९ कित्ता शेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ बराबरको कारोबार भएका छन्।
सबै समूहको उपसूचकमा हरियाली देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अङ्कले बढेको छ।
बैंकिङ समूह ३ दशमलव ५८, विकास बैंक समूह २८ दशमलव ३९, वित्त समूह ७ दशमलव ७६, जलविद्युत् समूह २४ दशमलव ५८ र लगानी समूह शून्य दशमलव ४९ अङ्कले बढेको छ।
उत्पादन तथा प्रशोधन ५८ दशमलव ५९, लघुवित्त १० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०२, निर्जीवन बीमा २० दशमलव ६०, व्यापार २ दशमलव ३५ र अन्य समूह ३ दशमलव ३७ अङ्कले बढेको छ।
पिपुल पावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६ दशमलव ४७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८ दशमलव ६८ अङ्कले घटेको छ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै ६ करोड ९६ लाख २५ हजार ९१३ बराबरको ३ लाख ६५ हजार ५०१ कित्ता शेयर किनबेच भएको छ।