धरहराको पार्किङ भवनमा भाेलिदेखि निःशुल्क पार्किङ

काठमाडाैं । काठमाडौं महानगरपालिकाले सुन्धारामा धरहरासँगै निर्माण गरिएको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था गर्ने भएकाे छ ।

धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराइने काठमाडाैं महानगरले जनाएकाे छ । ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि छुट्याइएकाे छ ।

न्युरोड क्षेत्रका सडकमा पार्किङ निषेध गरेको काठमाडौं महानगरले यसअघि काठमाडाैं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था गरेकाे थियाे ।