नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ

 

काठमाडौं, ३ चैत

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन् ।

काठमाडौं कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Comments are closed.