नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा ६ जना प्रतिवादीको बहस सकिएको छ।
प्रतिवादीहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको पनि थुनछेक बहस सकिएको हो।
भोलि पनि बाँकी प्रतिवादीको तर्फबाट बहस हुनेछ।
इन्द्रजित राईका तर्फबाट बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री, दिलकुमारी राई र कुमार अधिकारीले बहस गरे
सानु र टंकका तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए।
सागर राईका तर्फबाट अधिवक्ताहरू प्रकाश पौडेल, विनोद कार्की, सन्तोष प्रसाद भट्ट र इन्द्र पोखरेलले बहस गरेका थिए। सन्देश शर्माको प्रतिरक्षा भने अधिवक्ताहरू यज्ञ खतिवडा, गोपालराज अर्याल, दिपकराज रेग्मी, सुशीला कार्की र मंगल महर्जनले बहस गरेका थिए।
सबैले आफ्ना पक्षहरूलाई लगाइएको अभियोग पुष्टि हुने आधार र प्रमाण नभएकाले थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गराउन माग गरेका छन्।
Trending Now
- पाँच प्रतिभालाई बीडी त्यागी स्मृति सम्मान प्रदान गर्ने निर्णय
- राजश्वछलीका गाडी र मोटरसाइकल सहित तीन जना पक्राउ
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
- अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ
- नीति तथा कार्यक्रम र बजेट निर्माणमा तीनै तहको धारणा समेट्छौं: मन्त्री श्रेष्ठ
- २०० करोड बजेटमा बनेको वेब सिरिज ‘हीरामन्डी’ १ मे २०२४ बाट नेटफ्लिक्समा रिलिज
- ‘लन्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शनमा आउँदै
- चांडै नै कांग्रेस सरकारमा जाने: गगन थापा
- आरजु राणा देउवाको दिल्लीमा हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया: सुधारोन्मुख अवस्थामा
- 45 killed in South Africa bus crash carrying pilgrims
Comments are closed.