निगमको ग्राउण्ड ह्‍याण्डलिङ सेवा मापदण्ड अनुसार, आईएटीएबाट गुणस्तर प्रमाणीकरण

काठमाडौं। नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तर आईएटीए सेफ्टी अडिट फर ग्राउण्ड अपसेसनबाट प्रमाणीकरण भइ थप २ वर्षका लागि नवीकरण भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सुरक्षाका लागि परिणामुखी कदम नचालेको भनेर ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने निर्णय गरेको तीन महिनापछि निगमले आफ्नो सेवा प्रमाणीकरण भएको बताएको हो।निगमले बिहिबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार उसको ग्राउण्ड ह्याण्डलिङको गुणस्तर आईएटीए सेफ्टी अडिट फर ग्राउण्ड अपसेसनबाट २०२६ मार्च ५ सम्मका लागि नवीकरण भएको छ। इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)का अडिटरले गरेको परीक्षणमा निगमले सबै मापदण्ड पूरा गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ।निगमले ग्राउण्ड स्याण्डलिङ सेवाका लागि सन् २०१६ अगष्ट २६ मा आईएटीएसेफ्टी अडिट फर ग्राउण्ड अपसेसनबाट प्रमाणपत्र प्राप्त गरेको थियो।