निजी क्षेत्रको विकास नगरी पर्यटन क्षेत्रकाे विकास सम्भव छैन : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको विकास नगरी पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ ।

शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकासका काम गर्नुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्र विकासको काम गर्न उहाँले आग्रह गर्नुभयो ।

देशको राजधानी नजिक भएको कारण पनि भरतपुर आन्तरिक र बाह्य पर्यटनको केन्द्र रहेको देउवाले बताउनुभयो । कोभिडका कारण परेको प्रभाव हटेकोले नेपालको पर्यटन क्षेत्र विकासमा थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।