Trending Now

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताएका छन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको बताए ।

उनले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएको पनि बताए । उनले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताए । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधामरा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नहुने जिकिर गरे । उनले नीति तथा कार्यक्रममा नयाँ योजनाहरु राखेको बताए । उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गरे ।

उनले भने ‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको छ । यस नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएका छन् । निश्चय पनि यस दस्ताबेजमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ । त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत हुँदैन । किनभने यो नीति तथा कार्यक्रममा थुप्रै नयाँ कार्यक्रमहरु पनि समावेश गरिएका छन् । जो आजको देशको आवश्यक्तासँग सम्बन्धित छ । यो नीति तथा कार्यक्रम तयार पार्दै गर्दा हामीले दुई वटा गठबन्धन म प्रधानमन्त्री भएपछि बने, पहिलो र दोस्रो गठबन्धन, पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्युनतम कार्यक्रम भनेर घोषणा गरिएको थियो, दोस्रोले पहिलाको समेतलाई ध्यानमा राखेर अर्को तयार पारेको हो । यो नीति कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको हो । हामीले साझा नीति तथा कार्यक्रम सामुहिक रुपले निर्माण गर्याैँ ।’

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गरे ।

Comments are closed.