काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वकाे सरकारले स्थापना गरेका औद्याेगिक क्षेत्र गठबन्धन सरकारले अलपत्र पारेकाे बताउनुभएकाे छ ।
सरकारले सदनमा पेस गरेकाे आगामी आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकताबाेर आइतबार विज्ञहरुसँग भएकाे छलफलमा अध्यक्ष ओलीले भन्नुभयाे – ‘हामीले स्थापना गरेका ८ वटा औद्याेगिक क्षेत्र त्यत्तिक्कै अलपत्र छन्, तिनलाई अगाडि बढाएर देशलाई औद्याेगिकरणतर्फ देशलाई लानुपर्ने लगिएन ।’
खनिजहरुकाे प्रयाेग गरेर देशलाई समृद्ध बनाउन सकिने र हिमाल भेगकाे पानीलाई मिनिरल वाटरकाे रुपमा अगाडि बढाउन सकिने उहाँले बताउनुभयाे ।
आफू प्रधानमन्त्री भएका बेला ग्रीन हाइड्राेजन इनर्जीकाे अवधारणा ल्याएकाे स्मरण गर्दै अध्यक्ष ओलीले काठमाडाैं विश्वविद्यालयले त्यसमा अनुसन्धान गरिरहेकाे बताउनुभयाे । अहिलेकाे सरकारले कहिलेकहहिले मात्र त्याे शब्द मात्रै उच्चारण गर्ने गरेकाे समेत उहाँले बताउनुभयाे । आफूले सन् २०१९ मा पानीबाट अक्सिजन र हाइट्राेजन छुट्याएर हाइड्राे-हाइड्राेजन इनर्जी तयार गर्न सकिन्छ भनेर बाेलेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
निजी क्षेत्रलाई विकास र आर्थिक उन्नतिकाे इञ्जिन बनाउन चाहेकाे भन्दै उहाँले व्यवसायीहरुलाई उद्याेग स्थापना गरेर त्यसबाट प्रतिफल लिनेतर्फ प्रेरित गर्नुपर्ने बताउनुभयाे । तर अहिलेकाे सरकारले त्यसतर्फ ध्यान नदिएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
निजी क्षेत्रलाई प्रयाेग गरेर आर्थिक उन्नति गर्न उत्पादनशिलता र उद्यमशिलतामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे ।