नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत-  सम्मानित

 

काठमाडौँ, २४, चैत्र— नेपाली कला साहित्य डट कम प्रतिष्ठानले कला क्षेत्रका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा स्रष्टाहरू परशु प्रधान, मञ्जु काँचुली, केशव सिग्देल, धीरेन्द्र प्रेमर्षि, ओम केसी र शिव परियारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

प्रतिष्ठानले यस वर्षको …राष्ट्रिय कलाश्री सम्मान’ नेपाली भाषा साहित्यका अथक् साधक प्रधानलाई दिएको छ । त्यस्तै १ लाख रूपैयाँ राशिसहितको …राष्ट्रिय कलाश्री पुरस्कार’ साहित्यकार काँचुलीलाई समर्पण ग¥यो ।

७५ हजार रूपैयाँ राशि सहितको …स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ स्रष्टा तथा अनुवादक सिग्देललाई, ५० हजार रूपैयाँ राशि सहितको …बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार स्रष्टा प्रेमर्षिलाई, ६० हजार रूपैयाँ राशि सहितको …थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मूर्तिकार केसीलाई र ५०हजार रूपैयाँ राशिसहितको …पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ गायक परियारलाई प्रदान गरिएको छ ।

 

प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी, कवि तथा संस्कृतिविद् तुलसी दिवस, प्रतिष्ठानका प्रमुख संरक्षक तथा कवि+, गीतकार बिमल कोइराला लगायतले सम्मानित स्रष्टाहरूलाई सम्मान र पुरस्कार अर्पण गरे ।