काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु भएकाे छ ।
‘समुदायमा जाऔं, समाजका कुरा सुनाैं’ भन्ने नारासाथ शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गर्न लागेकाे हाे ।
मुख्यसचिव कृष्णप्रसाद पाैडेलका अनुसार अभियान माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म चल्ने छ । अभियानका क्रममा भेटघाट हुने तर सभा नहुने कांग्रेसले जनाएकाे छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम सुरु भएको अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् । अभियानलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न कांग्रेसले शीर्ष नेतालाई पनि खटाएकाे छ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारी सरिक हुनेछन् l तोकिएका जिल्लामा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ l टोली माघ १६ गते शहीद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।
केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा अभियान नराखिएकाे पनि मुख्यसचिव पाैडेलले जानकारी दिनुभयाे ।
यी हुन् अभियानमा खटिने नेता तथा पदाधिकारी
कोशी प्रदेश
१) डा. शेखर कोइराला – झापा र सुनसरी l
२) डा. नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा l
३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर l
मधेश प्रदेश र वाग्मती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा l वाग्मतीको
सिन्धुली र मकवानपुर l
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही l वागमतीको धादिङ र
चितवन l
वाग्मती प्रदेश
१) डा. मिनेन्द्र रिजाल- काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा l
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा l
गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर l
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बाग्लुङ l
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा l
२) डा. डिला संग्रौला – कपिलवस्तु, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी l
कर्णाली प्रदेश
१) डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत l
सुदुरपश्चिम प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी, बाजुरा र
कञ्चनपुर l