काठमाडौं । नेपाल प्रहरीले काठमाडाैंकाे न्युरोडस्थित अवैध सुन पगाल्ने एक कारखानामा छापा हानेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार न्युरोडस्थित ओमपाल गोल्ड शप प्रालि सँगै रहेकाे कारखानामा छापा हानेकाे हाे ।
टोलीले कारखानामा छापा हानेर अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौं बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेकाे साथबाट केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा सुन बरामद भएकाे छ । साे सुन अहिले जोख्ने काम भइरहेको पनि कार्यालयले जनाएकाे छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेकाे पनि कार्यालयले जनाएकाे छ ।