काठमाडौं— बम राखेको धम्की आएपछि न्यूयोर्कबाट दिल्लीका लागि उडेको अमेरिकन एयरलाइन्सको उडानलाई रोम डाइभर्ट गरिएको थियो ।
फ्लाइट एए २९२ रोमको लियोनार्डो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । यस उडानमा १९९ यात्रु र १५ जना चालक दलका सदस्य थिए ।
उक्त उडान फेब्रुअरी २२ मा न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । क्यास्पियन सागर पार गरेपछि विमान अचानक युरोपतिर फर्कियो ।
चालक दलले सुरक्षा समस्याको रिपोर्ट गरेपछि फेब्रुअरी २३ आइतबार स्थानीय समय अनुसार साँझ ५ः३० बजे रोम विमानस्थलमा अवतरण गरिएको विज्ञप्तिमा भनिएको छ ।